नियम १४
सम्मान गर्न सक्ने

(१) तालीम समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।

(२) तालीम समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा तालीम समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(३) तालीम समितिको बैठकको अध्यक्षता तालीम समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।